शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संवैधानिक इजलासमा महान्यायाधिवक्ताले भने– मलाई त्यही केटी चाहिन्छ भनेजस्तो नगर्नुस् न

संवैधानिक इजलासमा महान्यायाधिवक्ताले भने– मलाई त्यही केटी चाहिन्छ भनेजस्तो नगर्नुस् न

महान्यायाधिवक्ता अग्नि खरेलले प्रतिनिधिसभा पुनर्स्थापना हुन नसक्ने तर्क गर्दै ताजा जनादेशमा जाने कुरा असंवैधानिक नहुने जिकिर गरेका छन्।
 |  मंगलबार, माघ २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २०, २०७७

काठमाडौं– महान्यायाधिवक्ता अग्नि खरेलले प्रतिनिधिसभा पुनर्स्थापना हुन नसक्ने तर्क गर्दै ताजा जनादेशमा जाने कुरा असंवैधानिक नहुने जिकिर गरेका छन्।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटको विपक्षमा बहस गर्दै खरेलले यस्तो जिकिर गरेका हुन्। नाइँ आमा मलाई त्यही केटी चाहिन्छ’ भन्ने गीत वाचन गर्दै खरेलले भने, ‘विद्वानज्यूहरुले न बिर्सें तिमीलाई न पाएँ तिमीलाई भन्नुभो। तर त्यहाँ अर्कै गीत हुनुपर्थ्यो– मलाई त्यही केटी चाहिन्छ, मलाई त्यही विघटन भएको संसद् चाहिन्छ। जनतामा जान्नँ, मलाई त्यही संसद् चाहिन्छ।’

उनले थपे, ‘जनतामा जाने कुरालाई संवैधानिक नभनेर साथीहरु त्यही संसद् चाहिन्छ भनिरहेका छन्। ताजा जनादेशमा जाने भन्ने कुरो कसरी असंवैधानिक हुन्छ र ?’

महान्यायाधिवक्ता खरेलले बहुमत प्राप्त प्रधानमन्त्रीलाई संसद् विघटनका लागि अन्तरनिहित र विशेषाधिकार हुने तर्क गरे।

‘यो संविधानले विघटन रोकेको छैन। यसको व्याख्या सर्वोच्च अदालतले नै गर्नेछ। संसद् विघटन प्रधानमन्त्रीको अन्तरनिहित अधिकार हो। यो संविधानले संसद् विघटन गर्न रोकेको छैन,’ उनले भने।

पार्टी र संसदीय दलमा समस्या हुँदा पनि संसद् विघटन भएको उदाहरण दिँदै उनले त्यही स्थिति अहिले पनि रहेको तर्क गरे। ०५१ सालमा पनि त्यही भएको हो भनेर खरेलले पटकपटक दोहोर्‍याए।

न्यायाधीश अनिलकुमार सिन्हाले खरेललाई सरकार बन्न सक्नेरनसक्ने कुरो प्रधानमन्त्रीले प्रमाणित गर्ने हो कि संसद् बैठक बोलाएर गर्ने हो रु भन्ने प्रश्न गरेका छन्। अन्य न्यायाधीशहरुले पनि यही प्रश्न खरेलमाथि गरेका छन्।  तर, खरेलले भने पटक(पटक एउटै कुरा दोहोर्‍याइरहेका छन्।

गत पुस ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा एक दर्जनभन्दा बढी रिट दर्ता भएका छन्। सबै रिटको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ।

रिट निवेदक तथा उनीहरुका वकिलको बहस सकिएपछि अहिले रिटको विपक्षमा बहस भइरहेको छ।

प्रकाशित: Feb 02, 2021| 07:42 मंगलबार, माघ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।