शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भोलिका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित

भोलिका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित

प्रतिनिधिसभा विघटनपछि पहिलोपटक डाकिएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ। 
 |  मंगलबार, माघ २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २०, २०७७

काठमाडौं - प्रतिनिधिसभा विघटनपछि पहिलोपटक डाकिएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (बुधबार) साँझ ५ बजेका लागि बैठक डाकेका थिए। 

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका सहयोगी अशोक पौडेलका अनुसार अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको हो। 

यसअघि मंसिर २९ गते अध्यादेश ल्याएर मंसिर ३० मा विभिन्न ३८ पदमा परिषद्ले नियुक्तिको सिफारिस गरेको थियो। 

संवैधानिक परिषद्मा पहिला गणपूरक संख्याका लागि अध्यक्ष र अन्य चारजना उपस्थित हुनुपर्ने कानुनी प्रबन्ध थियो। 

ओलीले तत्काल कायम रहेका सदस्यको बहुमतबाट निर्णय हुन सक्ने प्रावधान राखेर अध्यादेश जारी गरेपछि मंसिर ३० गते विभिन्न संवैधानिक निकायमा नियुक्तिको सिफारिस भएको थियो। 

उक्त सिफारिस असंवैधानिक भएको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले आइतबार फिर्ता पठाइदिएका थिए। राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले भने सापकोटाको उक्त कदमप्रति आपत्ति जनाएका छन्। 

प्रतिनिधिसभा नभएका बेला बैठक डाक्नु असंवैधानिक भएको भन्दै नेकपाको दाहाल–नेपाल समूहले आपत्ति जनाएको थियो। 

उक्त नियुक्तिको सिफारिसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ।

प्रकाशित: Feb 02, 2021| 06:41 मंगलबार, माघ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।