शुक्रबार, भदौ १९, २०८३

पर्यटन व्यवसायीलाई चिनियाँ भाषाको तालिम

नेपाल टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशले पर्यटन व्यवसायीका लागि चिनियाँ भाषाको तालिम सुरु गरेको छ।
 |  मंगलबार, माघ २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २०, २०७७

गण्डकी- नेपाल टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशले पर्यटन व्यवसायीका लागि चिनियाँ भाषाको तालिम सुरु गरेको छ।
    
नेपाल आउने चिनियाँ पर्यटकसँग सामान्य बोलीचालीमा सहयोग पुगोस् भन्ने उद्देश्यले एक महिने आधारभूत चिनियाँ भाषा तालिम सञ्चालन गरिएको नाट्टा गण्डकी प्रदेशका महासचिव कमला गिरीले जानकारी दिए। 

तालिममा ४२ पर्यटन व्यवसायी सहभागी छन्। तालिमको सोमबार आयोजित शुभारम्भ कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले कोरोनाका कारण प्रभावित पर्यटनलाई पुनः स्थापित गर्नु अहिलेको आवश्यकता भएको बताए। 
    
नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देलले कोरोना प्रभावित पर्यटन चाँडै नै पूर्ववत् अवस्थामा फर्कने विश्वास व्यक्त गर्दै यो तालिम बहुउपयोगी बन्ने बताए।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशीराज भण्डारीले कोरोनाले शिथिल पर्यटन गतिविधिलाई चलायमान बनाउन विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम गरिएको बताए।

प्रकाशित: Feb 02, 2021| 06:23 मंगलबार, माघ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।