शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दाहाल–नेपाल समूहले पेस गर्‍यो निर्वाचन आयोगमा आधिकारिकता दाबी

दाहाल–नेपाल समूहले पेस गर्‍यो निर्वाचन आयोगमा आधिकारिकता दाबी

नेकपा दाहाल–नेपाल समूहले निर्वाचन आयोगमा पार्टीको आधिकारिकतासम्बन्धी दाबी पेस गरेको छ। 
 |  मंगलबार, माघ २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २०, २०७७

काठमाडौं– नेकपा दाहाल–नेपाल समूहले निर्वाचन आयोगमा पार्टीको आधिकारिकतासम्बन्धी दाबी पेस गरेको छ। 

समूहका नेताहरूले मंगलबार आयोगमा पुगेर ७० प्रतिशतभन्दा बढी केन्द्रीय सदस्य आफूहरूसँग रहेको दाबी गर्दै आफूहरू नै आधिकारिक नेकपा भएको कागजपत्र पेस गरेका हुन्।

दाहाल–नेपाल समूहले ओलीलाई हटाएको विषय पनि निर्वाचन आयोगमा पेस गरेको छ। समूहले पेस गरेको दाबीमा २९० हाराहारी केन्द्रीय कमिटी सदस्यको हस्ताक्षर छ।

निर्वाचन आयोगमा दाबी पेस गरेपछि वरिष्ठ नेता झलनाथ खनालले सञ्चारकर्मीसँग भने, ‘हामीले दुई वटा केन्द्रीय कमिटी बैठकबाट गरेका निर्णय, सबै तथ्य, प्रमाण र विधान र निर्णयहरु राखेर दाबी प्रस्तुत गरेका छौं।’

उनले नेकपा भनेको दाहाल–नेपाल अध्यक्ष रहेको पार्टी नै आधिकारिक हो भनेर आफूहरूले दाबी पेस गरेको जानकारी दिए। उनले भने, ‘नेकपा भनेको पुष्पकमल दाहाल र माधवकुमार नेपाल अध्यक्ष रहेको पार्टी नै आधिकारिक हो भनेर दाबी प्रस्तुत गरेका छौं।’ 

दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल, नेता झलनाथ खनाल, देव गुरुङ, भीम रावल, लीलामणि पोखरेललगायतका नेता आयोग पुगेका हुन्।

नेकपा केन्द्रीय कमिटीका ४४१ सदस्यमध्ये ७० प्रतिशत अर्थात् अत्यधिक बहुमत आफूहरूसँग रहेको खनालले बताए। उनले सोमबारको केन्द्रीय कमिटी बैठकमा पनि सोही संख्यामा उपस्थिति रहेको जानकारी दिए। उनले भने, ‘हामीले दल ऐनको धारामा टेकेर दाबी प्रस्तुत गरेका हौं। आधिकारिकता पाउने १०० प्रतिशत विश्वस्त छौं।'

सोमबार बसेको केन्द्रीय  कमिटी  बैठकले पार्टीको आधिकारिता दाबी गर्न आयोग जाने जाने निर्णय गरेबमोजिम दाहाल–नेपाल समूह आयोग पुगेको हो।  

समूहले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार आधिकारिता दाबी गरेको नेता राजेन्द्र पाण्डेले बताए।
 

प्रकाशित: Feb 02, 2021| 06:22 मंगलबार, माघ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।