काठमाडौं– फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालको आयोजनामा माघ २१ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा फुटवेयर एक्स्पो (जुत्ता, चप्पल तथा व्यापार मेला) आयोजना हुने भएको छ।
स्वदेशी उत्पादनको प्रवर्धन र विकासका निमित्त विगतमा जस्तै यस वर्ष पनि मेला आयोजना गर्न लागिएको एसोसिएसनले जनाएको छ।
फागुन १० गतेसम्म हुने मेलामा नेपाली ब्रान्डहरू फिटराइट, ल्यान्डवाक, फ्रस्टवाक/आगास, कोसेली, रन, सुल्यान्ड, हाइलाइफ, क्रसरोड, रोयल सुज, बीएफ डियरहिल, गोल्डस्टार, बोस सुज, किम सुज, भेनस, फुट स्टेप, शिखर सुज, व्याम्बो सुज, पीजीका जुत्ताचप्पल राखिनेछन्।
एफम्यानका अध्यक्ष कृष्णकुमार फुयालले एक्स्पोमा नेपाली ब्रान्डका जुत्ताजप्पल एउटै छानामुनि खरिद गर्न पाइने बताए।
उनले भने, ‘एकै स्थानमा सबै ब्रान्डका जुत्ताचप्पल आकर्षक छुटका साथ उपलब्ध हुनेछ।’ उनले मेलामा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाइने बताए।
एफम्यानका पूर्वअध्यक्ष होमनाथ उपाध्यायले फुटवयर क्षेत्रलाई चलायमान बनाउनन एक्स्पो आयोजना गरिएको बताए। एक्स्पोमा ग्राहकले भारी छुटका साथ जुत्ताचप्पल खरिद गर्न पाउने उनको दाबी छ।