बुधबार, चैत ४, २०८२

बेलबारी अर्थात् सिमसारको राजधानी

२१ वटा सिमसार रहेकाे बेलबारीलाई सिमसारको राजधानी बनाउने योजना अघि बढाइएको छ। 
 |  मंगलबार, माघ २०, २०७७

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

मंगलबार, माघ २०, २०७७

विराटनगर - विगत केही वर्षदेखि देशभरका सिमसार मासिने क्रम जारी छ। 

National life

सिमसार मासेर विभिन्न भौतिक संरचना निर्माण गर्ने, वस्ती बसाउने क्रम तीव्र गतिमा बढेको छ।

मानव अतिक्रमणका कारण सिमसार घट्दै जान थालेपछि संरक्षणकर्मीहरूले चिन्ता व्यक्त गरेका छन्। 

तर, देशमा यस्तो ठाउँ पनि छ, जहाँ सिमसार नै सिमसार छ। जसलाई सिमसारको राजधानी बनाउने योजना पनि अघि बढाइएको छ। 

Laxmi sunrise bank
kumari

त्यो हो, बेलबारी। यहाँ २१ वटा सिमसार छन्। 

बेलबारीको बेतना सिमसार चर्चित ठाउँ हो। बेतनामा विभिन्न प्रकारका चराचुरूंगी, वन्यजन्तु, घस्रने जनावरहरू पाइन्छ। साथै यिनीहरूको संरक्षण पनि गरिँदै आइएको छ।

बेतना सिमसारमा एकै दिनमा दुई हजार भन्दा बढी मानिसहरू घुमफिर गर्न आउने गर्छन्। इलाम, धरान, विराटनगर, इटहरीलगायत ठाउँबाट दैनिकरूपमा मानिसहरू आउने गरेको बेतना सिमसार संरक्षण समितिले जनाएको छ।

बेतनाका कारणले पनि सिमसारमा पर्यापर्यटनको राम्रो सम्भावना देखिएकाले नगरपालिकाले योजनाबद्धरूपमा चालू आर्थिक वर्षदेखि सिमसार क्षेत्रको पूर्वाधार विकासको काम सुरू गरेको छ।

सिमसार अध्ययन कार्यदल गठन गरी कार्यदलको सुझावअनुसार नगरपालिकाले बजेट विनियोजन गरेको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए। 

अध्ययन कार्यदलले दिएको सुझावअनुसार २१ वटै सिमसारको विकास गरिने उनको भनाइ छ। 

पर्यटन प्रवर्द्धनका लागि चालू आर्थिक वर्षदेखि अमना सिसौली सिमसार, धनपालगढी सिमसारको डीपीआर अनुसार बहुवर्षीय परियोजनाका रूपमा निरन्तरता दिने गरी काम अघि बढेको सुवेदी बताउँछन्। उनका अनुसार यसका लागि पाँच करोड बजेट विनियोजन गरेर काम अघि बढाइएको छ।

बेलबारी नगरपालिकामा रहेका धेरैजसो सिमसारहरू निकै सुन्दर, अलगअलग विशेषता भएका तथा महत्त्वपूर्ण छन्। यिनीहरू सबै पर्यटकीय क्षेत्रका रूपमा परिचित छन्। 

पर्यटकीय क्षेत्रको पहिचानसँगै पानीको स्रोतको समेत पहिचान गर्ने गरी काम अघि बढाइएको बेलबारी नगरपालिकाका प्रवक्ता योगेन्द्र सुवेदीले जानकारी दिए। 

पर्यटकीयसँगै नगर क्षेत्रभित्र बाँझै रहेका खेतीयोग्य जमिनमा सिँचाइको समेत व्यवस्थापनको काम भइरहेको उनको भनाइ छ। 

अध्ययनअनुसार २१ वटा सिमसारको सम्भावनासहितको सुझाव नगरपालिकालाई दिइएको कार्यदल सदस्य स्नातकोत्तर क्याम्पसका उपप्राध्यापक तथा वातावरण विज्ञ रामचन्द्र अधिकारीले बताए।

सबै सिमसारहरूको अन्तरसम्बन्ध स्थापना गरी एकीकृत पर्यटन योजना बनाउन, हात्ती सफारी, जंगल सफारी, घोडा टाँगा सफारी, गोरूगाडा, उँटलगायतका साधनहरूमार्फत् सबै सिमसार घुम्ने किसिमको रूट बनाउन, जातीय पहिचान खुल्ने किसिमका आकर्षणहरू तयार गरी सांस्कृतिक पर्यटनलाई प्रोत्साहित गर्ने गरी सुझाव दिइएको अधिकारीले बताए।

कार्यदलको सुझावअनुसार नगरपालिकाले कार्य गरे पर्यापर्यटनको राम्रो सम्भावना रहेको उनको भनाइ छ । 

कतिपय मानिसहरूले सिमसारलाई बेकामे जमिन भनेर हेयको भावना हेर्ने गरेको पाइन्छ। तर, वास्तवमा यी बेकामे जमिन नभई प्रकृतिका अमूल्य उपहार भएको अधिकारी बताउँछन्। 

‘पूर्वपश्चिम राजमार्गमा पर्ने सहरहरूलाई चिरेर बग्ने साना तर सदाबहार नदीहरूलाई सहर बसाल्न लागिपरेका व्यवसायीले खुम्च्याएर राखेका छन्,’ वातावरण विज्ञ अधिकारी भन्छन्, ‘अनि त्यस्ता ठाउँमा घर बनाई बसेर सहरिया बनेका मानिसहरूले तिनीहरूलाई दूषित बनाइदिएका छन्।’

बेलबारी क्षेत्रभित्र बेतना, अमना, सिसौली, धनपालथान, धनपालगढी, झलझलीबाँध, हाँडीदह, भुलभुले महाराजथान भव, जाल्पादेवी भव, कुइरीखोला, मखनपोखरी, गयलपोखरीलगायतका सिमसार छन्। 

प्रकाशित: Feb 02, 2021| 03:50 मंगलबार, माघ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।