शनिबार, वैशाख ८, २०८१

बाख्रापालनका लागि ५० महिलालाई अनुदान

विपन्न परिवारका महिलालाई आर्थिकरूपमा सवल बनाएर घरेलु हिंसा न्यूनीकरणमा सघाउनका लागि शुक्लाफाँटा नगरपालिकाका ५० महिलालाई बाख्रापालनका लागि अनुदान रकम उपलब्ध गराइएको छ।
 |  मंगलबार, माघ २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २०, २०७७

कञ्चनपुर– विपन्न परिवारका महिलालाई आर्थिकरूपमा सवल बनाएर घरेलु हिंसा न्यूनीकरणमा सघाउनका लागि शुक्लाफाँटा नगरपालिकाका ५० महिलालाई बाख्रापालनका लागि अनुदान रकम उपलब्ध गराइएको छ।

triton college

नगरपालिकाको वडा नं २ र १२ का  महिलालाई सीप तथा व्यावसायिक विकासका लागि  बाख्रापालनसम्बन्धी सातदिने तालिम उपलब्ध गराई अनुदान रकम उपलब्ध गराइएको हो। 

तालिममा सहभागी भएका महिलालाई तीन हजारका दरले अनुदान रकम उपलब्ध गराइएको छ। आधा रकम नगरपालिकाको महिला शाखाले र आधा रकम तालिममा सहभागी महिलाले बाख्रापालनका लागि व्यहोर्ने सहमति गरिएको छ।

‘महिला आर्थिकरूपमा सक्षम भए घरेलु हिंसाका घटना कम हुन्छन्’, नगरपालिकाको महिला शाखाका प्रमुख कमला जोशीले भनिन्, ‘महिलालाई आर्थिकरूपमा सक्षम बनाउनकै लागि सातदिने तालिमसँगै अनुदान रकम उपलब्ध गराएका छौँ।’ नगरपालिकाको दुवै वडाका २५–२५ महिलालाई छुट्टाछुट्टैरूपमा तालिम प्रदान गरिएको उनले बताइन्। 
 

प्रकाशित: Feb 02, 2021| 01:23 मंगलबार, माघ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।