शनिबार, भदौ २०, २०८३

ठगीको आरोपमा चार लाख नगदसहित चार जना पक्राउ

ठगीको आरोपमा जाजरकोटमा चार जना पक्राउ परेका छन्। 
 |  मंगलबार, माघ २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २०, २०७७

सुर्खेत–ठगीको आरोपमा जाजरकोटमा चार जना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा चन्दनाथ नगरपालिका ९ जुम्ला घरभई हाल नेपालगञ्ज बस्ने २६ बर्षीय यज्ञप्रसाद रेग्मी, चन्दनाथ नगरपालिका ९ श्रीढुस्काका ३३ बर्षीय लक्ष्मीप्रसाद हमाल, जाजरकोट बारेकोट गाउँपालिका १ रामिडाँडाका ४० बर्षीय हरिचन्द्र बस्नेत र ३३ बर्षीय मानबहादुर महतारा रहेका छन्। 

उनीहरुको नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाका विभिन्न वडाका सोलार र आधुनिक चुलो दिन्छु भन्दै नागरिकबाट रकम संकलन गरिरहेको अवस्थामा पक्राउ गरिएको जाजरकोटका डीएसपी मधुकुमार थापाले जानकारी दिए। 

उनीहरुले ७ हजार थान सौर्य उर्जा (सोलार सेट) र सुधारिएको फलामे चुलो वितरण गर्ने भन्दै नागरिकबाट रकम असुल्दै आएको प्रहरीले जनाएको छ। 

नागरिकबाट संकलन गरेको नगद चार लाख ४० हजार ४४५ रुपैयाँ, ग्रामीण विकास तथा क्लीन इन्भारोमेन्ट नेपाल लेखिएको लेटरप्याड, अमन ईन्ट्रेरियर एण्ड डेकरेशन विजनेश ग्रुप लेखिएको खाली लेटर प्याड, छाप, रकम संकलन गरेको रजिष्टर, रकम बुझाएको ठेलीको अर्धकट्टी, ६ वटा नेपाली नागरिकताको प्रमाण–पत्र, ३ वटा मतदाता परिचय–पत्र, कृषि विकास बैंक लिमिटेडको चेक बुक लगायतका कागजात समेत भेटिएको डीएसपी थापाले बताए। 

नक्कली कागज बनाएर ठगीधन्दा गर्दै आएको आशंकामा प्रहरीले ४ जनालाई आइतबार पक्राउ गरेको थियो। 

पक्राउ परेका चार जनालाई सोमबार सार्वजनिक गरेको हो। प्रहरीले चार जनाविरुद्धमा जिल्ला अदालतमा ठगी सम्वन्धी कसूरमा मुद्दा दर्ता गरेर आवश्यक छानविन गरिरहेको छ।

प्रकाशित: Feb 02, 2021| 01:04 मंगलबार, माघ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।