काठमाडौं– म्यानमारका राष्ट्रपति वइन मियन, प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलगायतलाई तत्काल रिहा गर्न नेपाल सरकारले अनुरोध गरेको छ।
परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै गिरफ्तारीमा परेका म्यानमारका निर्वाचित प्रतिनिधि र नेताको सुरक्षाको बारेमा चासो व्यक्त गरेको हो।
विज्ञप्तिमा म्यानमारमा भएको घटनालाई नेपालले नजिकबाट नियालिरहेको र प्रजातन्त्रको जीत हुने विश्वास गरिएको छ।
म्यानमारको संवैधानिक प्रक्रिया पुनः सक्रिय हुने र म्यानमारका जनता तथा राजनीतिक दलको इच्छाअनुसार मुलुक अगाडि बढ्ने आश रहेको पनि नेपालले जनाएको छ।
सोमबार बिहान म्यानमारमा सैन्य ‘कू’ मार्फत सत्ता हात पार्दै निर्वाचित प्रतिनिधिलगायत प्रजातन्त्रवादी नेताहरूलाई नजरबन्धमा राखिएको छ।