शनिबार, भदौ २०, २०८३

गण्डकी प्रदेशमा १४ हजारलाई कोरोनाविरुद्धको खोप

पहिलो चरणको कोभिड–१९ खोप अभियानअन्र्तगत गण्डकी प्रदेशमा १३ हजार ९९६ जनाले खोप लिएका छन्।
 |  सोमबार, माघ १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ १९, २०७७

पोखरा- पहिलो चरणको कोभिड–१९ खोप अभियानअन्र्तगत गण्डकी प्रदेशमा १३ हजार ९९६ जनाले खोप लिएका छन्।

कास्कीमा ४ सहित १४ वटा खोपकेन्द्रबाट खोप दिइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले बताए। 

प्रदेशका ११ वटै जिल्लामा सोमबारसम्म ८०.४४ प्रतिशतले खोप लिएको उनले जानकारी गराए। कोरोनाविरुद्धको खोप लगाइसकेपछि कुनै पनि जटिल किसिमको घटना नभएको उनले भनाइ छ। 

गण्डकी प्रदेशमा पहिलो चरणमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र अस्पतालको फोहोरमैला व्यवस्थापनमा खटिने कर्मचारीहरुलाई लगाउने योजना रहेको डा. शर्माले जानकारी दिए। गण्डकी प्रदेशको लागि ३९ हजार १३९ मात्रा भ्याक्सिन आएको छ।  

पहिलो मात्रा दिएको २८ दिनपछि दोस्रो मात्रा दिइने छ। प्रदेशमा १४ देखि १८ सम्म समय तोकिए पनि छुटेकाहरुका लागि भनेर २३ गतेसम्म खोप लगाइने डा. शर्माले जानकारी दिए। ‘हामीले १८ गतेसम्म लक्षित सबैलाई लगाउने भनेका थियौं’, उनले भने, ‘छुटेकाहरुको लागि १९ देखि २३ सम्म थप गरेका छौं।’

कास्कीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको गण्डकी हस्पिटलसहित मणिपाल शिक्षण अस्पताल, गण्डकी मेडिकल कजेल र संक्रामक रोग नियन्त्रण अस्पताल, लेखनाथलाई खोप केन्द्र तोकिएको प्रदेशका अरु १० वटै जिल्लाका जिल्ला अस्पताललाई खोप केन्द्र तोकिएको छ। 

प्रकाशित: Feb 01, 2021| 14:45 सोमबार, माघ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।