शनिबार, भदौ २०, २०८३

प्रदेश १ मा ४ दिनमा ५ जनाको जलेर मृत्यु

प्रदेश १ मा पछिल्लो ४ दिनमा आगोले जलेर ५ जनाको मृत्यु भएको छ।
 |  सोमबार, माघ १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ १९, २०७७

विराटनगर- प्रदेश १ मा पछिल्लो ४ दिनमा आगोले जलेर ५ जनाको मृत्यु भएको छ।

केही दिनदेखि बढेको चिसोका कारण आगो ताप्ने क्रममा र आगलागीमा परी २ बालबालिकासहित ५ जनाको मृत्यु भएको १ नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

शुक्रबारदेखि सोमबारसम्म सोलुखुम्बुमा २ तथा मोरङ, झापा र खोटाङमा १–१ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता डिएसपी विपिन रेग्मीले बताए। 

मोरङको रतुवामाईमा आगोले जलेर ४९ वर्षीया महिलाको सोमबार मृत्यु भएको छ। शरीरमा लगाएको कपडाबाट सल्किएको आगोले जलेर घाइते रतुवामाई नगरपालिका–४ आमबारीकी फूलकुमारी राजवंशीको उपचारका क्रममा सोमबार दिउँसो ज्यान गएको हो। मोरङ प्रहरी प्रमुख प्रमुख एसपी सन्तोष खड्काले घरमा बालेर ताप्ने क्रममा शरीरमा लगाएको कपडाबाट आगो सल्किएर महिला शनिबारसाँझ साढे ६ बजेतिर घाइते भएकी थिइन्। 

झापाको कचनकबल गाउँपालिका–१ घेराबारीमा आईतबार राति भएको आगलागीमा परेर ६० वर्षीय गोबद्र्धन राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए।

सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका–२ मा शनिबार दिउँसो आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको छ। टेकबहादुर निरौलाको मतानमा आगलागी हुँदा उनका ७ वर्षीय नाति सुगम र चार वर्षीया नातिनी सुदिष्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए। 

चिसोका कारण खोटाङमा आगो ताप्ने क्रममा एक वृद्धाको शुक्रबार मृत्यु भएको छ। खोटेहाङ गाउँपालिका खोटाङ बजारकी १०१ वर्षीया हिमादेवी अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिएको छ।

प्रदेश १ मा माघ १६ देखि १९ गतेसम्म १३ वटा आगलागीका घटना भएको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार खोटाङ, मोरङ, उदयपुर, धनकुटा, झापा र सोलुखुम्बुमा आगलागीका घटना भएका हुन्। 

प्रकाशित: Feb 01, 2021| 14:07 सोमबार, माघ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।