शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुन्दहरैँचामा प्रादेशिक सरुवा रोग अस्पताल निर्माण गरिने

सुन्दहरैँचामा प्रादेशिक सरुवा रोग अस्पताल निर्माण गरिने

प्रदेश १ मा सरुवा रोग अस्पताल निर्माण गरिने भएको छ। मोरङको सुन्दरहरैँचा ११ मा निर्माण गरिने प्रादेशिक सरुवा रोग अस्पतालको सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले शिलान्यास गरे।
 |  सोमबार, माघ १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ १९, २०७७

विराटनगर- प्रदेश १ मा सरुवा रोग अस्पताल निर्माण गरिने भएको छ। मोरङको सुन्दरहरैँचा ११ मा निर्माण गरिने प्रादेशिक सरुवा रोग अस्पतालको सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले शिलान्यास गरे।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको स्वामित्वमा रहेको १४ विगाहा जमिनमा सरुवा रोग अस्पताल निर्माण हुने भएको हो। 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुको बराबरको उपचार दिने गरी प्रादेशिक अस्पताल निर्माण हुने सो क्षेत्रका प्रदेशसभा सदस्य राजकुमार ओझाले बताए।

सुविधा सम्पन्न प्रयोगशाला सहितको अस्पताल निर्माणपछि उपचारका लागि टेकु जानुपर्ने बाध्यताको अन्त्य हुने प्रदेशसभा सदस्य ओझाले बताए। शिलान्यास पछि कामले गतिलिने उनले बताए। 

सरुवा रोग रोकथाम, नियन्त्रण र उपचार एवम् स्वास्थ्य विपद् व्यवस्थापनको तयारी तथा प्रतिकार्य गर्न प्रयोगशाला परीक्षण सहितको न्यूनतम ५० शैय्याको प्रदेश स्तरीय अत्याधुनिक सुविधा सम्पन्न सरुवा रोग अस्पताल ७ वटै प्रदेशमा स्थापना गर्ने आर्थिक वर्ष २०७७–०७८ को नीति तथा कार्यक्रममा उल्लेख छ। 

सरुवारोग अस्पताल दुई बर्ष भित्रमा निर्माण सम्पन्न हुने मन्त्री ढकालले बताए। अस्पताल निर्माणका लागि चालु आर्थिक वर्षमा १० करोड बजेट विनियोजन उनले जानकारी दिए। 

प्रकाशित: Feb 01, 2021| 13:38 सोमबार, माघ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।