मंगलबार, मंसिर २, २०८२
  • गृहपृष्ठ
  • समाज
  • अलोकतान्त्रिक, सर्वसत्तावादउन्मुख कदमविरुद्ध जनभावना अभिव्यक्त भयो : देउवा 

अलोकतान्त्रिक, सर्वसत्तावादउन्मुख कदमविरुद्ध जनभावना अभिव्यक्त भयो : देउवा 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद् विघटनविरुद्ध पार्टीका १३ वटा भ्रातृ संस्थाले गरेको विरोध प्रदर्शनमा सहभागीलाई धन्यवाद दिएका छन्।  
 |  सोमबार, माघ १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ १९, २०७७

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद् विघटनविरुद्ध पार्टीका १३ वटा भ्रातृ संस्थाले गरेको विरोध प्रदर्शनमा सहभागीलाई धन्यवाद दिएका छन्।  

सोमबार ७७ वटै जिल्लामा कांग्रेसका भ्रातृ संस्थाको अगुवाइमा विरोध प्रदर्शन भएको थियो।  देउवाले विज्ञप्ति जारी गर्दै संसद् विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्धमा  आयोजित विरोध प्रदर्शन ७७ वटै जिल्लाहरुमा व्यापक सहभागिताका साथ सफलतापूर्वक सम्पन्न भएको जनाएका छन्। 

प्रदर्शनले केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक, सर्वसत्तावाद उन्मुख कदम एवं मुलुकमा व्याप्त भ्रष्टाचार, कोभिड—१९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासनको विरुद्ध जनभावना अभिव्यक्ति भएको देउवाले जनाएका छन्। 
 

प्रकाशित: Feb 01, 2021| 12:15 सोमबार, माघ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।