शनिबार, भदौ २०, २०८३

हरेक वर्ष २० हजारभन्दा बढी क्यान्सरका बिरामी थपिँदै

नेपालमा प्रत्येक वर्ष २० हजारभन्दा बढी क्यान्सरका बिरामी थपिने गरेको पाइएको छ।
 |  सोमबार, माघ १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ १९, २०७७

काठमाडौं- नेपालमा प्रत्येक वर्ष २० हजारभन्दा बढी क्यान्सरका बिरामी थपिने गरेको पाइएको छ।

नेपाल क्यान्सर अर्बुद रोग निवारण संस्थाले प्रस्तुत गरेको प्रतिवेदनअनुसार नेपालमा प्रत्येक वर्ष २० हजार ५०८ जना नँया क्यान्सरका बिरामी थपिने र १३ हजार ६२९ जनाको मृत्य हुने गरेको छ। ४ फेब्रुअरीमा पर्ने विश्व क्यान्सर दिवसको पूर्वसन्ध्यामा संस्थाले सोमबार पत्रकार सम्मेलन गरी सो तथ्यांक प्रस्तुत गरेको हो। तथ्यांकअनुसार नेपालमा क्यान्सर रोगबाट दैनिक ३७ जनाको मृत्यु हुन्छ।

संस्थाका कार्यवाहक अध्यक्ष महेश श्रेष्ठले विगत ५ वर्षको अवधिमा करिब ४३ हजार क्यान्सर पीडित पूर्णरुपले निको भएको जानकारी दिए। हाल नेपालमा करिब ५० देखि ६० हजारको हाराहारीमा क्यान्सर पीडित रहेको अनुमान गरिएको छ।

तथ्यांकले देखाएअनुसार विश्वभर गरेर हाल १ करोड ९२ लाख ९२ हजार ७२९ जना क्यान्सर पीडित छन्। जसमध्ये करिब ९९ लाख ५८ हजार १ सय ३३ जना बिरामीले ज्यान गुमाइसकेका छन्।

हरेक वर्षको फेब्रुअरी ४ का दिन विश्व क्यान्सर दिवस मनाइने गरिन्छ। यस वर्ष ‘म हुँ र म गर्छु’ भन्ने नाराका साथ नेपालमा पनि  विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाउन लागिएको संस्थाका निवर्तमान अध्यक्ष लोकेन्द्र श्रेष्ठले बताए।

दिवसका दिन क्यान्सरका कारण मृत्यु भएकाहरुको सम्झना तथा उपचाररत क्यान्सर रोगका बिरामीको स्वास्थ्यलाभको कामना गर्दै पशुपति मन्दिरमा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको श्रेष्ठले जानकारी दिए। 

प्रकाशित: Feb 01, 2021| 12:08 सोमबार, माघ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।