आइतबार, चैत १, २०८२

तोरस र सलोनीको विजयी सुरुवात

नेपालका तोरस रावत र सलोनी तामाङले वर्ल्ड टेनिस टुर–जे ५ को पहिलो सर्किटमा सोमबार विजयी सुरुवात गरेका छन्।
 |  सोमबार, माघ १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ १९, २०७७

काठामाडौं- नेपालका तोरस रावत र सलोनी तामाङले वर्ल्ड टेनिस टुर–जे ५ को पहिलो सर्किटमा सोमबार विजयी सुरुवात गरेका छन्। सिंगल्सको पुरुषमा तोरस र महिलामा सलोनीले विजयी सुरुआत गरेका हुन्।

National life

सातदोबाटोस्थित टेनिस कोर्टमा तोरसले नेपालकै निहालजंग बहादुर थापालाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गरे। नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगितामा सलोनीले भारतकी कृष्ति बोरोलाई ६–३ र ६–४ को सीधा सेटमा हराइन्।

पहिलो दिन पुरुष सिंगल्समा नेपालबाट निश्चल कायस्थ, प्रसिद्ध मोक्तान, आर्यन गिरी, अकी जुवेन रावत, निशान श्रेष्ठ, आरभसम्राट हाडा, इभ्येक जोशी, प्रितम परियार र चिराग तिमिल्सिनाले पनि प्रतिस्पर्धा गरेकोमा सबै पराजित भए।

त्यस्तै महिला सिंगल्समा नेपालको चुनौती प्रस्तुत गरेका सर्वानी श्रेष्ठ, श्रेया भट्टराई, प्रेरणा कोइराला, इशाश्री शाह र अजा रेग्मीले पनि प्रतिद्वन्द्वीलाई नतिजा सुम्पे।

प्रतियोगितामा समान ३२–३२ पुरुष÷महिला खेलाडीको सहभागिता रहेको आयोजक संघका सदस्यसमेत रहेका प्रतियोगिता निर्देशक अजय विष्टले जानकारी दिए।

Laxmi sunrise bank
kumari

प्रतियोगितामा नेपाल, भारत, फ्रान्स, उज्वेकिस्तान, काजाखस्तान, अमेरिका, वेल्जियम, स्पेन र जर्मनी गरी ९ राष्ट्र सहभागी छन्।

नेपालबाट १२ पुरुष र १४ महिला खेलाडीले प्रतिस्पर्धा गरिहेका छन्। साताव्यापी प्रतियोगितामा सिंगल्स र डबल्स स्पर्धा समावेश छन्।

प्रकाशित: Feb 01, 2021| 11:56 सोमबार, माघ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।