शनिबार, असार २७, २०८३

चौदण्डीगढीविरुद्ध एपीएफ २२-० ले विजयी, सावित्राको १२ गोल

राष्ट्रिय महिला लिगअन्तर्गतग आज (सोमबार) सम्पन्न खेलमा शीर्षस्थानको एपीएफले अंकतालिकाको पुछारमा रहेको चौदण्डीगढी नगरपालिकाविरुद्ध २२-० गोलको जित निकालेको छ।
 |  सोमबार, माघ १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ १९, २०७७

काठमाडौं- राष्ट्रिय महिला लिगअन्तर्गतग आज (सोमबार) सम्पन्न खेलमा शीर्षस्थानको एपीएफले अंकतालिकाको पुछारमा रहेको चौदण्डीगढी नगरपालिकाविरुद्ध २२-० गोलको जित निकालेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा सशस्त्र प्रहरीको विभागीय टिमले ऐतिहासिक जित निकालेको हो।
एपीएफको जितका लागि फरवार्ड सावित्रा भण्डारीले चार ह्याट्रिक गरिन्।

त्यस्तै अनु लामाले पाँच गोल गरिन् भने कप्तान अनिता बस्नेतले ह्याट्रिक गरिन्। त्यस्तै सरु लिम्बू र रेनुका नगरकोटीले समान १-१ गोल गरे।
एपीएफले पहिलो हाफमै १२ गोल गरेको थियो भने दोस्रो हाफमा १० गोल थप्यो।

२२-० को ठूलो जितसहित १८ अंक जोडेको एपीएफ शीर्षस्थानमा छ। अहिलेसम्मका सबै ६ खेलमा चौदण्डीगढीले जित निकाल्न सकेको छैन।

प्रकाशित: Feb 01, 2021| 11:46 सोमबार, माघ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।