शनिबार, भदौ २०, २०८३

लेखापढीको जिम्मा डेक्स्टप व्यवसायीलाई दिने तयारी

मालपोत कार्यालय सुर्खेतमा हुने लेखापढीको जिम्मेवारी डेक्स्टप (कम्प्युटर) व्यवसायीलाई दिइने भएको छ। 
 |  सोमबार, माघ १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ १९, २०७७

सुर्खेत- मालपोत कार्यालय सुर्खेतमा हुने लेखापढीको जिम्मेवारी डेक्स्टप (कम्प्युटर) व्यवसायीलाई दिइने भएको छ। 

जिल्ला प्रशासन कार्यालय सुर्खेतले लेखापढीसम्बन्धी सम्पूर्ण कामको जिम्मा डेष्टप व्यावसायीहरुलाई दिने तयारी गरेको हो।

‘मालपोत कार्यालयमा हुने भीड घटाउन र लेखापढी व्यवसायीलाई प्रविधिमैत्री बनाउने लागेका छौँ’ सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत्तले भने, ‘अबको एकदुई महिनामै लेखापढीको सम्पूर्ण काम कम्युटर प्रणालीबाट हुन्छ।’

लेखापढी व्यवसायलाई प्रविधिमैत्री बनाउने उद्देश्यले मालपोतमा हुने सम्पूर्ण लेखापढीको काम डेक्स्टप व्यवसायीलाई दिने तयारी गरिएको हो। कम्प्युटर प्रविधिबाट लेखापढीको काम गरेमा मालपोतमा सेवाग्राहीको भीड घट्ने र भाषागत त्रुटि पनि कम हुने प्रशासनको अपेक्षा छ।

जसका लागि जिल्ला प्रशासन कार्यालय र वीरेन्द्रनगरमा डेक्स्टप व्यवसायीहरुबीच छलफल भएको छ। छलफलमा व्यवसायीले लेखापढीसम्बन्धी आवश्यक तालिम दिनुपर्ने बताएका छन्।

व्यवसायीको मागअनुसार नै एक महिनाभित्र जिल्ला प्रशासन कार्यालयले तालिम दिने भएको छ। प्रशासनले लेखापढीको काम डेक्स्टप व्यवसायीलाई दिएमा मालपोतमा लेखापढी व्यावसायी गर्दै व्यक्तिहरुको व्यवसाय भने धरापमा पर्नेछ।

प्रकाशित: Feb 01, 2021| 11:13 सोमबार, माघ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।