शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • केही तत्त्वले देशलाई भड्खालोमा हाल्न खोजेका छन् : प्रधानमन्त्री

केही तत्त्वले देशलाई भड्खालोमा हाल्न खोजेका छन् : प्रधानमन्त्री

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन संवैधानिक भएको र अब ताजा जनादेशका लागि तोकिएको समयमा नै निर्वाचन हुने बताएका छन्। 
 |  सोमबार, माघ १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ १९, २०७७

काठमाडौं– प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन संवैधानिक भएको र अब ताजा जनादेशका लागि तोकिएको समयमा नै निर्वाचन हुने बताएका छन्। 

सिरहामा सहिद हेमनारायण यादवको स्मृति सभालाई सम्बोधन गर्दै उनले कुनै भ्रममा नपर्न सबैलाई आग्रह गरे। ‘अब हामी ढिलो गर्न सक्दैनौं। अब हामीले छिटो गर्नुपर्छ,’ उनले भने,‘चुनाव आउँदै छ। देशद्रोही, भड्काउन खोज्ने, देश बिगार्न खोज्ने तत्वहरुलाई साथ नदिनुहोला। केही तत्त्वहरुले देशलाई भड्खालोमा हाल्न खोजेका छन्।’

मोलतोलको राजनीति गर्न खोज्नेहरुलाई चिनेर अघि बढ्न उनले आग्रह गरे। ‘मैले संसद् विघटन गरेर जनतामा जाने निर्णय गरेको हुँ। देशभक्त शक्तिहरुको पक्षमा ताजा जनादेश दिनुहोस्। साथ दिनुहोला,’ उनले भने ,‘यो विघटन संवैधानिक छ चुनाव कुनै पनि हालतमा रोकिँदैन। जनताको जनादेशबाट सुदृढ सरकार बनाउनुपर्छ, किनबेच गर्ने सरकार होइन,’ उनले भने,

‘प्रचण्डले केही दिनअघि शाकाहारी होइन, मासांहारी आन्दोलन गर्ने भन्नुभएको थियो। मांसाहारी भनेको उहाँले चिकेन चिल्ली खान खोजेको हो। आदमखोर आन्दोलन गर्न खोजेको हो। मान्छे मार्ने आन्दोलन खोजेको भने म उहाँलाई भन्न चाहन्छु– अब नेपालमा त्यस्तो आन्दोलनको सम्भव छैन। प्रयास नगर्नु होला।’ 

प्रकाशित: Feb 01, 2021| 10:29 सोमबार, माघ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।