शनिबार, असोज ३, २०८३

भारतले नेपाललाई दिने अनुदान १३ प्रतिशतले बढायो

सोमबार भारतीय वित्त मन्त्री निर्मला सीतारमणद्वारा प्रस्तुत बजेटमा नेपाललाई १५ अर्ब ८७ करोड रुपैयाँ (९ अर्ब ९२ करोड भारु) बराबरको अनुदान दिइने उल्लेख गरिएको छ। 
 |  सोमबार, माघ १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ १९, २०७७

काठमाडौं– भारतले आर्थिक बर्ष सन् २०२१/२२ का लागि नेपाललाई दिने अनुदान करिव १३ प्रतिशतले बढाएको छ। 

सोमबार भारतीय वित्त मन्त्री निर्मला सीतारमणद्वारा प्रस्तुत बजेटमा नेपाललाई १५ अर्ब ८७ करोड रुपैयाँ (९ अर्ब ९२ करोड भारु) बराबरको अनुदान दिइने उल्लेख गरिएको छ। 

सन् २०२०/२१ को बजेटमा भारतले नेपाललाई १२ अर्ब ८० करोड नेपाली रुपैयाँ  (८१२ करोड भारु) अनुदान दिने घोषणा गरेको थियो। तर पछि भारतीय अर्थमन्त्रालयले संशोधन गरी १४ अर्ब ८ करोड  रुपैयाँ (८८० करोड भारु) दिने  जनाएको थियो । 

सन् २०१९/२० मा भने नेपाललाई भारतले १९ अर्ब १६ करोड रुपैयाँ बराबरको अनुदान दिएको थियो। तर सन् २०२०/२१ मा भने भारतले नेपाललाई दिने बजेट भारीमात्रामा कटौती गरेकोमा यसपाली भने बढाएको छ । 

भारतबाट सवैभन्दा बढी अनुदान पाउने मुलुकको सूचीमा भुटान छ । भारतले भुटानलाई ३० अर्ब ४ करोड ९५ लाख भारु अनुदान दिने जनाएको छ।  

दक्षिण एसियाली मुलुकमा पाकिस्तान बाहेक सवै मुलुकलाई अनुदान दिने गरेको भारतले अफ्रिकी र  ल्याटिन अमेरिकी देशहरुलाई पनि अनुदान सहयोग दिन्छ। 

त्यस्तै सोमबार भारतले बजेट मार्फत सुन चाँदीको आयात शुल्कमा ५ प्रतिशतले कटौती गरेको छ । योसँगै भारतमा सुनचाँदी सस्तिने हुँदा त्यसको असर नेपालमा पनि पर्ने छ। यसअघि भारतमा १२.५ प्रतिशत आयात शुल्क लाग्दै आएको थियो तर अव भने ७.५ प्रतिशत मात्र आयात शुल्क लाग्नेछ। 

प्रकाशित: Feb 01, 2021| 10:21 सोमबार, माघ १९, २०७७
प्रतिक्रिया दिनुहोस्