शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पछिल्लो २४ घण्टामा १५९ जना संक्रमित थपिए, मृत्यु शून्य

पछिल्लो २४ घण्टामा १५९ जना संक्रमित थपिए, मृत्यु शून्य

पछिल्लो २४ घण्टामा नेपालमा १५९ जना कोरोना कोरोना संक्रमित थपिएका छन्।
 |  सोमबार, माघ १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ १९, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा १५९ जना कोरोना कोरोना संक्रमित थपिएका छन्।

४ हजार १४५ जनाको पीसीआर परीक्षण गरिएकोमा १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

आज थपिएकासहित नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ११८ पुगेको छ।

यो अवधिमा २६४ जना कोरोनामुक्त भएका छन्। संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ६० हजार ६०० पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २ हजार ४८९ छ।

यसैबीच पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैले पनि ज्यान गुमाउन नपरेको मन्त्रालयको तथ्यांक छ। पछिल्लो समय संक्रमितको संख्या घट्दै जाँदा मृत्यु दर पनि घटेको छ। 

हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार २९ पुगेको छ।

प्रकाशित: Feb 01, 2021| 10:15 सोमबार, माघ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।