आइतबार, चैत १, २०८२

विराटनगरविरुद्ध जित निकाल्दै आर्मी दोस्रो स्थानमा

राष्ट्रिय महिला लिग अन्तर्गत आज (सोमबार) सम्पन्न खेलमा विभागीय टिम त्रिभुवन आर्मी फुटबल क्लबले विराटनगर महानगरपालिकाविरुद्ध जित निकालेको छ।
 |  सोमबार, माघ १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ १९, २०७७

काठमाडौं– राष्ट्रिय महिला लिग अन्तर्गत आज (सोमबार) सम्पन्न खेलमा विभागीय टिम त्रिभुवन आर्मी फुटबल क्लबले विराटनगर महानगरपालिकाविरुद्ध जित निकालेको छ।

National life

सातदोबाटोस्थित एन्फा मैदानमा सम्पन्न खेलमा उसले विराटनगरलाई ७–० गोलले हराउँदै सहज जित निकालेको हो।

शर्मिला थापाको ह्याट्रिक र विमला चौधरीको दुई गोल सहयोगमा आर्मीले सहज जित निकाल्यो। साथै रश्मी घिसिङ र विमला बीकेले समान १–१ गोल गर्दै जितमा योगदान दिए।

खेलको ३६ औं मिनेटमा मिडफिल्डर शर्मिला चौधरीले गोल गर्दै विभागीय टिमलाई अग्रता दिलाएकी थिइन्। साथै पहिलो हाफको अन्तिम मिनेटमा र इन्ज्युृरी समयमा लगातार दुई गोल गर्दै शर्मिलाले आर्मीलाई ३–० गोलको अग्रता दिलाइन्।

पहिलो हाफमै सहज अवस्थामा रहेको आर्मीले दोस्रो हाफमा चार गोल थप्यो। ६१ औं मिनेटमा गोल गर्दै शर्मिलाले ह्याट्रिक पूरा गरिन्।

Laxmi sunrise bank
kumari

त्यस्तै, रश्मीले ६७ मिनेटमा र विमला बिकेले ७१ औं मिनेटमा गोल गर्दा विमला चौधरीले ८५ औं मिनेटमा अन्तिम गोल गर्दै जितलाई ७–० मा लम्ब्याए।

आजको खेलमा जित निकाल्दै त्रिभुवन आर्मी क्लब अंकतलिकाको दोस्रो स्थानमा उक्लिएको छ।

यता आजको खेलमा हार बेहोरेको विराटनगर आर्मीभन्दा दुई स्थान तल छ। अंकतालिकाको शीर्षस्थानमा एपीएफ छ भने तेस्रो स्थानमा नेपाल पुलिस क्लब छ।
 

प्रकाशित: Feb 01, 2021| 10:13 सोमबार, माघ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।