शनिबार, असोज ३, २०८३

सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब ओमानबाट पनि

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो सन्जाल बिस्तार गर्दै गर्दा अब ओमानबाट पनि आफ्नो सेवा सुचारु गर्ने भएको छ। 
 |  सोमबार, माघ १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ १९, २०७७

काठमाडौं– सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो सन्जाल बिस्तार गर्दै गर्दा अब ओमानबाट पनि आफ्नो सेवा सुचारु गर्ने भएको छ। 

ओमानको ख्यातिप्राप्त मोडर्न एक्सचेन्ज  र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सुरु भएको छ। ओमानमा रहेका नेपालीहरुले मोडर्न एक्सचेन्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्ने छन्।

उक्त रकम नेपालमा सिटी एक्सप्रेससँग आबद्ध १०,००० भन्दा बढी एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने, नेपालको जुनसुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न सकिने छ । 

सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र मोडर्न एक्सचेन्जको तर्फबाट प्रबन्ध निर्देशक होर्मुज्दा बी डाभरले हस्ताक्षर गरेका छन्।
 

प्रकाशित: Feb 01, 2021| 10:08 सोमबार, माघ १९, २०७७
प्रतिक्रिया दिनुहोस्