शनिबार, भदौ २०, २०८३

सभामुख बढी प्रचारमा आउन खोजे : मन्त्री ढकाल

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकालले सभामुख अग्नीप्रसाद सापकोटा प्रचारमा आउन संवैधानिक परिषद्को बैठकले गरेको सिफारिस फिर्ता गरेको बताएका छन्।
 |  सोमबार, माघ १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ १९, २०७७

विराटनगर- संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकालले सभामुख अग्नीप्रसाद सापकोटा प्रचारमा आउन संवैधानिक परिषद्को बैठकले गरेको सिफारिस फिर्ता गरेको बताएका छन्।

सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग मन्त्री ढकालले सभामुख बढी प्रचारमुखी भएको बताए। संवैधानिक परिषद्को बैठकले गरेको सिफारिस फिर्ताले केही असर नगर्ने उनको भनाइ छ।

सभामुख सापकोटाले परिषद् सदस्यको हैसियतमा भन्दा पनि व्यक्तिगत रुपमा सिफारिस फिर्ता गरेको मन्त्री ढकालको जिकिर छ। संवैधानिक र कानुनी हिसाबले सिफारिस फिर्ताको अर्थ नभएको उनले बताए। संवैधानिक परिषद्मा गरिएको नियुक्ति प्रकृया अघि बढेको मन्त्री ढकालले बताए। परिषद्को निर्णयअनुसार नियुक्ति हुने उनको भनाइ छ। 

मन्त्री ढकालले काठमाडौंमा माघ २३ गते आयोजना गरिएको जनसभाको सहभागिता बढाउन आलोचकले सहयोग गरिरहेको बताए। उनले भने, ‘विरोधीको प्रचारका कारण पनि सहभागिता बढ्ने भयो।’ विरोधीहरुले भने जस्तो माघ २३ गते कुनै पनि निर्णय नहुने उनको दाबी छ।

जनसभाको सहभागिता उल्लेख्य हुने देखिएकाले नारायणहिटी अगाडि कार्यक्रम राखिएको मन्त्री ढकालले बताए। उनले भने,‘ राजनीतिक दलले काठमाडौंमा हैसियत अनुसार सभा गर्छन्।’ ठूलो स्थानमा सभा गर्र्ने तयारीअनुसार कार्यक्रम गर्न लागिएको उनले बताए। मन्त्री ढकालले भने, ‘ठूलो ठाउँको खोजी गर्दा त्यहाँ गर्ने निर्णय गरियो।’ 

सरकारले निर्धारण गरेकै मितिमा निर्वाचन हुने उनको भनाइ छ। सरकारको विरोध गरे पनि राजनीति दलले निर्वाचनको तयारी गरिरहेको मन्त्री ढकालले बताए। सरकारको विरोध गरे पनि दलहरुले भित्रभित्रै निर्वाचनको पनि तयारी गरिरहेको उनको भनाइ छ।

प्रकाशित: Feb 01, 2021| 09:56 सोमबार, माघ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।