शनिबार, असोज ३, २०८३

३७.७० अंकले बढेर २४०८ विन्दुमा पुग्यो नेप्से 

सोमबार सेयर बजार परिसूचक (नेप्से) ३७.७० अंकले बढेको छ।
 |  सोमबार, माघ १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ १९, २०७७

काठमाडौं– सोमबार सेयर बजार परिसूचक (नेप्से) ३७.७० अंकले बढेको छ।

२३७२ विन्दुबाट सुरु भएको बजार १२ मिनेटमै २४१२ विन्दुमा पुगेको थियो। त्यसपछि उतारचढाव देखिंदै २४०८.२४ विन्दुमा पुगेर रोकिएको हो। 

सोमबार २०३ कम्पनीको १ करोड ३३ लाख ११ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ९७ करोड २९ लाख ३६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। 

आज ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.९५ अंकले बढेर ४३७.२८ विन्दुमा पुगेको छ। 

सोमबार माइक्रोफाइनान्स समूहको सूचक २८.२७ अंकले घटेको छ भने अन्य सबै समूहको सूचक उकालो लागेको छ। 

आज बैंकिङ समूहको सूचक २०, विकास बैंक ५३, फाइनान्स ३९.५५, होटल १७५, जलविद्युत् ३३.६०, जीवन बिमा ३७९ अंकले बढेको छ। 

उत्पादन समूहको १२०, निर्जिवन बिमा १२४.६६, अन्य ५४.४५ र व्यापार समूहको सूचक ४९.४९ अंकले बढेको छ। 

आज सेन्चुरी कमर्सियल बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् भने कालिका माइक्रोक्रेडिट डेभलप्मेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्।   
 
 

प्रकाशित: Feb 01, 2021| 09:51 सोमबार, माघ १९, २०७७
प्रतिक्रिया दिनुहोस्