शनिबार, भदौ २०, २०८३

नेकपा दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु

विभाजित नेकपाको दाहाल-नेपाल समूहको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ। बैठक बबरमहलस्थित कार्की ब्यांक्वेटमा सुरु भएको हो। 
 |  सोमबार, माघ १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ १९, २०७७

काठमाडौं- विभाजित नेकपाको दाहाल-नेपाल समूहको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ। बैठक बबरमहलस्थित कार्की ब्यांक्वेटमा सुरु भएको हो। 

बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजेका लागि सारिएको थियो। तर, बैठक १ बजेपछि पनि एकघन्टा ढिलो शुरु भएको हो। 

केन्द्रीय कमिटीको बैठकअघि सचिवालयका सदस्यहरुको सहभागितामा सचिवालयको बैठक बसेको थियो। 

सचिवालयमा छलफल गर्नु परेकाले केन्द्रीय कमिटीको बैठक ढिला भएको नेताहरुले बताएका छन्। निर्वाचन आयोगले नेकपा विभाजन नभएको निर्णय दिएपछि दाहाल नेपाल समूहले केन्द्रीय कमिटी बैठक बोलाएको हो।

आजको बैठकमा यही विषयमा छलफल हुने बताइएको छ। केन्द्रीय कमिटीको बैठकमा प्रतिनिधिसभा विघटनपछिको राजनीतिक अवस्था, आगामी रणनीति लगायत आन्दोलनका कार्यक्रमका बारेमा पनि छलफल हुने बताइएको छ।

प्रकाशित: Feb 01, 2021| 09:05 सोमबार, माघ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।