शनिबार, असार २७, २०८३

कतारमा निर्धारित बाइल्याट्रल सिरिज स्थगित

कोरोना महामारीका कारण कतारले यही फेब्रुअरी ९–१२ मा गर्न लागेको बाइल्याट्रल सिरिज स्थगित भएको छ।
 |  सोमबार, माघ १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ १९, २०७७

काठमाडौं– कोरोना महामारीका कारण कतारले यही फेब्रुअरी ९–१२ मा गर्न लागेको बाइल्याट्रल सिरिज स्थगित भएको छ।

भर्खरै सम्पन्न पीएम कपमा राम्रो प्रदर्शन गरेका खेलाडीसहित नेपालले कतारसँग तीन खेलको सिरिज खेल्ने कार्यक्रम थियो। सोहीअनुसार क्यानले आजबाट बन्द प्रशिक्षणको पनि आह्वान गरिसकेको थियो।

तर, कतारमा कोरोनाको बढ्दो माहामारीका कारण उसले प्रतियोगिता स्थगित गरेको क्यानले एक सूचना जारी गर्दै बताएको छ।

आज (सोमबार) जारी गरेको सूचनामा भनिएको छ, ‘कतार स्पोर्टस् डेको अवसरमा कतार क्रिकेट एसोसिएसनको निमन्त्रणामा हुने सिरिज कतारमा बढ्दो कोभिड–१९ महामारीका कारण स्थगित भएको छ।’

कतार सरकारको निर्णय बमोजिम कोभिड–१९ प्रोटोकललाई ध्यानमा राख्दै उक्त सिरिज स्थगित भएको हो। साथै आजबाट सुरु भएको खेलाडीको क्याम्प पनि अर्को सूचना नआएसम्म स्थगित गरिएको क्यानले जनाएको छ।
 

प्रकाशित: Feb 01, 2021| 08:16 सोमबार, माघ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।