शनिबार, भदौ २०, २०८३

म्यानमारको घटनाक्रममा कांग्रेसको विरोध

नेपाली कांग्रेसले म्यानमारमा विकसित घटनाको विरोध गरेको छ। 
 |  सोमबार, माघ १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ १९, २०७७

काठमाडौं– नेपाली कांग्रेसले म्यानमारमा विकसित घटनाको विरोध गरेको छ। 

पार्टी सभापति शेरबहादुर देउवा र प्रवक्ता विश्वप्रकाश शर्माले ट्विट गर्दै म्यानमारको सेनाले देशकी सर्वोच्च नेता आङ सान सू ची सहितका नेताहरुलाई गिरफ्तार गरी सत्ता कब्जा गरेकोमा विरोध गरेका हुन्। सभापति देउवाले सू चीलाई रिहा गर्न र निर्वाचित सरकारको पुनर्वहाली गर्न माग गरेका छन्। 

त्यसैगरी प्रवक्ता शर्माले म्यानमार घटनाको विश्वव्यापी विरोध जरुरी रहेको बताएका छन्। ‘निर्वाचन निष्पक्षताको विवादित प्रश्नमा सैन्य प्रवेश निन्दनीय छ,’ उनले भनेका छन्।

रोहिंग्या समुदायमाथि सू ची सत्ताको व्यवहारको पुरानो घटना अमानवीय रहेको स्मरण गर्दै शर्माले भनेका छन्, ‘तर मानवीयताको बाटो फेरि पनि लोकतन्त्र नै हो। हामी हरेक प्रतिगमनविरुद्ध छौं देशमा होस् या परदेशमा।’ 

म्यानमारको सेनाले देशकी सर्वोच्च नेता आङ सान सू ची सहितका नेताहरुलाई गिरफ्तार गरी सत्ता कब्जा गरेको छ।

सोमबार बिहानै सेनाले राष्ट्रिय टेलिभिजनमा सम्वोधन गर्दै म्यानमारमा एक वर्षसम्म संकटकाल लागू गरिएको जनाएको छ। राजधानी र प्रमुख सहरमा टेलिफोन र इन्टरनेट सेवा बन्द गराइएको छ।

१० वर्षअघि आफैंले बनाएको संविधान उल्लंंघन गर्दै म्यानमारको सेनाले देशको सत्ता सैन्य प्रमुख आङ लाइङलाई सुम्पिएको जनाएको छ।

प्रकाशित: Feb 01, 2021| 07:40 सोमबार, माघ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।