शनिबार, असार २७, २०८३

जनवरी ट्रान्सफर विन्डो आज सकिँदै

जनवरीको अन्तिम दिन आइतबार परेपछि आज (फेब्रु्अरी १) को राति जनवरी फुटबल ट्रान्सफर विन्डो सकिँदै छ।
 |  सोमबार, माघ १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ १९, २०७७

काठमाडौं– जनवरीको अन्तिम दिन आइतबार परेपछि आज (फेब्रु्अरी १) को राति जनवरी फुटबल ट्रान्सफर विन्डो सकिँदै छ।

सिजनको मध्यतिर खुल्ने जनवरी विन्डोमा ठूलो मात्रामा खेलाडी हेरफेर हुने गरे पनि यो सिजनमा भने त्यस्तो भएन।

कोरोना महामारीका कारण क्लबले खेलाडी रिलिज र अनुबन्ध गर्न सकिरहेका छैनन्। लिग जित्न चाहने र च्याम्पियन्स लिग पुग्न चाहने केही क्लबले मात्र यो विन्डोमा लगानी गरे। यसकारण यो वर्षको विन्डो शान्त रुपमा अन्त्य हुन लागेको बीबीसीले बताएको छ।

जारी विन्डोबाट प्रिमियर लिगमा पाँच खेलाडीमात्र अनुबन्ध भए। त्यस्तै महत्वका साथ हेरिएको डले अलि र क्रिस्टियन एरिक्सन पुरानै क्लबमा रहेका छन्।

आज सकिने विन्डो इंग्ल्यान्डमा ‘ग्रिनविच मिन टाइम’ अनुसार रातको ११ बजे सकिने छ भने स्कटल्यान्डमा त्यसको एक घण्टापछि सकिने छ।

त्यस्तै, सोही समयअनुसार जर्मनीमा साँझ पाँच बजे, इटालीमा सात बजे,  स्पेन र फ्रान्समा रातको ११ बजे विन्डो सकिने छ।

पछिल्ला विन्डोको तुलनामा इंग्ल्यान्डले कम खेलाडी भित्र्याउनुका अर्को कारण ब्रेक्जिट पनि हो। इंग्ल्यान्ड युरोपियन युनियनबाट बाहिरिएपछि अन्य देशका खेलाडीले इंग्ल्यान्डमा गएर खेल्नु पहिलेजस्तो स्वतन्त्रपूर्ण छैन।

युरोपकै अन्य देशबाट आउने खेलाडीका लागि पनि अहिले इंग्ल्यान्डमा खेल्नका लागि युनियन बाहिरको देशकै जस्तो प्रक्रिया अबलम्बन गर्नुपर्ने छ। जुन तुलनात्मक रुपमा झन्झटिलो छ।

यो पनि एक प्रकारको श्रम अनुमति जस्तै हो। जहाँ खेलाडीको अन्तर्राष्ट्रिय करिअर र देशको फिफा वरीयता पनि हेर्ने गरिन्छ।

यसका बाबजुद लिभरपुल, लेस्टर सिटी, वेस्ट ब्रुम, टोटेनहम जस्ता टिम अझै केही खेलाडीसँग सम्झौता गर्ने प्रयासमा छन्।

प्रकाशित: Feb 01, 2021| 07:26 सोमबार, माघ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।