शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दूरसञ्चार प्राधिकरणको नक्कली फेसबुक पेजबारे छानबिन जारी

दूरसञ्चार प्राधिकरणको नक्कली फेसबुक पेजबारे छानबिन जारी

मोबाइल तथा इन्टरनेट सेवाप्रदायक कम्पनीहरुको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको नक्कली फेसबुक पेज बनाएको पाइए पनि कसले बनाएको भन्ने अझै पुष्टि हुन सकेको छैन। 
 |  सोमबार, माघ १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ १९, २०७७

काठमाडौं– मोबाइल तथा इन्टरनेट सेवाप्रदायक कम्पनीहरुको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको नक्कली फेसबुक पेज बनाएको पाइए पनि कसले बनाएको भन्ने अझै पुष्टि हुन सकेको छैन। 

नक्कली फेसबुक पेज बनाएको करिब दुई हप्ता पुग्न लाग्दा पनि पेज बनाउनेको पहिचान हुन सकेको छैन। यस विषयमा नेपाल प्रहरीको सीआईबीसँग समन्वय गरेर अनुसन्धान भइरहेको जानकारी प्राधिकरणले दिएको छ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले प्राधिकरणको नक्कली फेसबुक पेज बनाइएको विषयमा छानबिन भइरहेको बताए। माघ पहिलो सातादेखि दूरसञचार प्राधिकरणको नाममा नक्कली फेसबुक पेज बनाएर चलाएको पाइएको थियो।

उक्त फेसबुक पेजमार्फत् प्राधिकरणमा रोजगारी खुलेको प्रचार गरेको भेटिएपछि प्राधिकरणले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको थियो। 

प्रकाशित: Feb 01, 2021| 07:03 सोमबार, माघ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।