शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दाहालविरुद्ध पनि सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता, भोलि पेसी तोकियो

दाहालविरुद्ध पनि सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता, भोलि पेसी तोकियो

नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध पनि सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ।
 |  सोमबार, माघ १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ १९, २०७७

काठमाडौं - नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध पनि सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ।

अधिवक्ता समीर हायुले दाहालविरुद्ध अवेहलना मुद्दा दर्ता गरेको सर्वोच्च अदालतका संचारविज्ञ किशोर पौडेलले जानकारी दिए।

उक्त मुद्दाको पेसी मंगलबारका लागि तोकिएको छ। तीन दिनअघि विराटनगरमा आयोजित विरोधसभा कार्यक्रममा दाहालले अदालतले जनभावना अनुसार फैसला नगरे जनताको अदालतले फैसला गर्ने भन्दै अभिव्यक्ति दिएका थिए।

उक्त अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता हायुले अदालतमा अवहेलनासम्बन्धी मुद्दा दायर गरेका हुन्। 

दाहालले संसद् विघटनविरुद्धको मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा पटक–पटक अदालत र न्यायाधीशहरूलाई लक्षित गर्दै अभिव्यक्ति दिएकाले अवहेलना मुद्दामा कारबाही गरिपाउँ भन्दै अधिवक्ता हायुले रिट दायर गरेका हुन्। 

सर्वोच्च अदालतमा यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व सभामुख दमनाथा ढुंगाना र चार पूर्व प्रधानन्यायाधीशहरू अनुपराज शर्मा, मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध पनि अवहेलना मुद्दा दर्ता भइसकेको छ।

डा. मनोजकुमार शर्माको इजलासले उनीहरूलाई सात दिनभित्र लिखित जवाफसहित आफैं उपस्थित हुन आदेश दिइसकेको छ।

प्रकाशित: Feb 01, 2021| 06:21 सोमबार, माघ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।