शनिबार, भदौ २०, २०८३

लोकतन्त्रको आवरणमा सर्वसत्तावाद हावी भयो : कमल थापा 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ०६२–०६३ को परिवर्तनपछि मुलुक लोकतन्त्रको नाममा सर्वसत्तावादतर्फ उन्मुख भएको बताएका छन्। 
 |  सोमबार, माघ १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ १९, २०७७

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ०६२–०६३ को परिवर्तनपछि मुलुक लोकतन्त्रको नाममा सर्वसत्तावादतर्फ उन्मुख भएको बताएका छन्। 

राप्रपा प्रवास महासंघले सोमबार आयोजना गरेको ग्लोबल जुम बैठकलाई सम्बोधन गर्दै थापाले राप्रपा राजसंस्था र हिन्दूत्वको धरातलमा उभिएर  मुलुकमा आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक रुपान्तरण गर्न चाहन्छ भन्दै भ्रष्टाचार, बेरोजगारी, धर्म परिवर्तनको अन्त्यका लागि अहिले बुलन्द आवाजको आवश्यकता भएको बताए। 

सर्वोच्च अदालतमा विचाराधीन विषयमा दबाब र प्रभाव अनुचित हुने जनाउँदै थापाले सडक प्रदर्शन र वक्तव्यवाजी असान्दर्भिक भएको समेत उल्लेख गरे। राजसंस्था र हिन्दू राष्ट्रको मुद्दा राष्ट्रिय एजेन्डा बन्दै जानु र जनमतको वृद्धिलाई सकारात्मक उपलब्धि ठान्नुपर्ने भन्दै थापाले प्रवासमा पनि पार्टीको सक्रिय सदस्यता अभियानलाई सघन रुपमा अघि बढाउन आग्रह गरे।

कार्यक्रममा प्रवास संगठनका नेताहरु प्रेमकुमार श्रेष्ठ, लोक तिवारी लगायत विभागका प्रमुख विजय खड्काले समेत धारणा राखेका थिए। बैठकमा २६ देशका प्रतिनिधिहरुको सहभागिता रहेको राप्रपा सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए।
 

प्रकाशित: Feb 01, 2021| 05:54 सोमबार, माघ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।