शनिबार, भदौ २०, २०८३

कक्षा १२ को परीक्षाफल सार्वजनिक

कुल ४ लाख ३३ हजार २७२ परीक्षार्थीमध्ये एक जनाको परीक्षा रद्द भएको छ भने ११ हजार ४९० को स्थगित भएकोे छ। 
 |  सोमबार, माघ १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ १९, २०७७

काठमाडौं-  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ। 

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले दिएको जानकारी अनुसार कुल ४ लाख ३३ हजार २७२ परीक्षार्थीमध्ये एक जनाको परीक्षा रद्द भएको छ भने ११ हजार ४९० को स्थगित भएकोे छ। 

कोरोना महामारीका कारण यस वर्ष कक्षा १२ को परीक्षा केही महिना ढिलो गरी मंंसिर महिनामा मात्रै सञ्चालन भएको थियो। 

यस वर्ष  १०० पूर्णाङ्कमध्ये २० प्रतिशत आन्तरिक मूल्यांकन र ४० प्रतिशत ११ को प्राप्तांकको आधारमा अंक दिई  बाँकी ४० प्रतिशतको मात्र संक्षिप्त परीक्षा बोर्डले लिएको थियो।

यो वर्षदेखि कक्षा ११ को परीक्षा सम्बन्धित विद्यालय नै लिने व्यवस्था गरिएको छ।

नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइटनेपाल टेलिकमको वेबसाइटमार्फत हेर्न सकिन्छ।
 

प्रकाशित: Feb 01, 2021| 05:22 सोमबार, माघ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।