काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको केन्द्रीय समिति बैठक सरेको छ।
आज बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो १ बजेका लागि सारिएको हो।
मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, प्रतिनिधिसभा विघटनपछि पार्टीका तर्फबाट देशव्यापीरूपमा गरिएको जनसभा तथा प्रदर्शन, भावी कार्यक्रम र कार्ययोजनाबारे छलफल गर्न बैठक बोलाइएको एक नेताले जानकारी दिए।
यसअघि नेकपा दाहाल-नेपाल समूहको केन्द्रीय कमिटीको बैठक गत पुस ७ देखि ९ गतेसम्म बसेको थियो।