सोमबार, चैत २, २०८२

ला लिगामा बार्सिलोना र एथ्लेटिको विजयी

काठमाडौं– स्पेनिस ला लिगा अन्तर्गत आइतबार रातिको खेलमा बार्सिलोनाले एथ्लेटिक क्लबलाई २–१ गोलले हराएको छ।
 |  सोमबार, माघ १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ १९, २०७७

काठमाडौं– स्पेनिस ला लिगा अन्तर्गत आइतबार रातिको खेलमा बार्सिलोनाले एथ्लेटिक क्लबलाई २–१ गोलले हराएको छ।

National life

क्याम्प नाउमा सम्पन्न खेलमा तेस्रो स्थानको बार्सिलोनाले ११ औं स्थानको एथ्लेटिकोलाई हराउँदै दोस्रो स्थानमा उक्लिएको हो।

उसले समान २० खेलेको रियलसँग अंक बराबरी गर्दै गोल अन्तरका आधारमा दोस्रो स्थानमा उक्लिएको हो।

गएराति बार्सिलोनाको जितका लागि लियोनेल मेस्सी र एन्टोनी ग्रिजम्यानले १–१ गोल गरे। यता जोर्डी अल्वाले आत्मघाति गोल गर्दै एथ्लेटिक क्लबलाई एक गोल उपहार दिए।

खेलको २० औं मिनेटमा मेस्सीले गोल गरेपछि नै घरेलु टिमले अग्रता बनाएको थियो। यससँगै पहिलो हाफमा ऊ एक गोलले अघि रह्यो। तर ४९ औं मिनेटमा अल्वाले आफ्नै पोस्टमा गोल गरेपछि खेल बराबरी भयो।

Laxmi sunrise bank
kumari

सो बराबरीलाई तोड्दै ग्रिजम्यानले ७४ मिनेटमा गोल गरे। र, बार्सिलोनालाई जित दिलाए। आइतबार रातिको अर्को खेलमा लुईस सुआरेजको दुई गोल सहयोगमा एथ्लेटिको मड्रिडले कार्डिजमाथि सहज जित निकालेको छ।

कार्डिजकै मैदानमा सम्पन्न खेलमा एथ्लेटिकोले ४–२ गोलको जित निकालेको हो। जितसँगै एथ्लेटिको मड्रिड ला लिगाको शीर्षस्थानमा छ। उसले १९ खेलबाट ५० अंक जोडेको छ भने बार्सिलोना र रियल मड्रिडले समान २० खेलबाट समान ४०,४० अंक जोडेका छन्।

यता गएराति पराजित कार्डिज भने २४ अंकका साथ १३ औं स्थानमा छ।
 

प्रकाशित: Feb 01, 2021| 03:04 सोमबार, माघ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।