काठमाडौं – इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत आइतबार राति सम्पन्न खेलमा उपाधि दाबेदार मानिएको टोटनहम हट्स्पर पराजित भएको छ।
ब्राइटोनको मैदानमा सम्पन्न खेलमा टोटेनहम घरेलु टिमसँग १–० गोलले स्तब्ध भएको हो।
ब्राइटोनको जितका लागि लियन्द्रो टेरोसार्डले खेलको १७ औं मिनेटमा निर्णायक गोल गरे।
ट्रोसार्डको गोलसँगै पहिलो हाफ प्रतिस्पर्धात्मक बन्यो। दोस्रो हाफमा पनि रक्षात्मक रहेको ब्राइटोनविरुद्ध टोटेनहमले गोल गर्न नसकेपछि पाहुना टिम पराजित भएको हो।
पराजयका बाबजुद टोटनहम अंकालिकाको छैटौं स्थानमा छ भने ब्राइटोन रेलिगेसन जोनभन्दा एक स्थान माथि छ।
त्यस्तै आइतबार रातिको अर्को खेलमा चेल्सीले घरेलु मैदानमा बर्नलीलाई २–० गोलले हराएको छ।
चेल्सीको जितका लागि सेसार अपुलिक्वेटा र मार्कोस एलोन्सोले समान १/१ गोल गरे।
जितसँगै ३३ अंक बनाएको चेल्सी अंक तालिकाको सातौं स्थानमा छ भने बर्नली २२ अंकका साथ १७ औं स्थानमा छ।
ईपीएलको आउँदो खेलमा चेल्सी र टोटेनहमले प्रतिस्पर्धा गर्नेछ।