शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुदूरपश्चिममा ७ हजार ६६ जनाले लगाए कोरोनाविरुद्धको खोप

सुदूरपश्चिममा ७ हजार ६६ जनाले लगाए कोरोनाविरुद्धको खोप

कोरोना भाइरसविरुद्धको खोप अभियानमा पाँचौ दिनसम्म सुदूरपश्चिम प्रदेशमा ७ हजार ६३ जनाले खोप लगाएका छन्।
 |  आइतबार, माघ १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ १८, २०७७

धनगढी- कोरोना भाइरसविरुद्धको खोप अभियानमा पाँचौ दिनसम्म सुदूरपश्चिम प्रदेशमा ७ हजार ६३ जनाले खोप लगाएका छन्।
आज सुदूरपश्चिम प्रदेशका १० वटा खोप केन्द्रबाट १ हजार ६८८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले बताए। 

आज सेती प्रादेशिक अस्पताल खोप केन्द्रमा २४६, टीकापुर अस्पताल खोप केन्द्रबाट ८०, बैतडीमा २३७, बझाङमा १६०, बाजुरामा ७७, डडेल्धुरामा १८०, दार्चुलामा ९४ जना, डोटीमा २३४ र महाकाली अस्पताल खोप केन्द्रमा १४१ जना स्वास्थ्यकर्मीले खोप लगाएको प्रवक्ता कार्कीले बताए। 

प्रदेशमा माघ १७ गते १ हजार ४१४, १६ गते १ हजार ५१७, १५ गते १ हजार ३३७ र माघ १४ गते १ हजार ८२ जना स्वास्थ्यकर्मीलाई कोरोना भाइरसविरुद्धको खोप लगाएको उनले बताए। 

खोप अभियानको पाँचौ दिनसम्म सबैभन्दा बढी कैलालीका दुईवटा खोप केन्द्रबाट १ हजार ३०४ जनाले खोप लगाएका छन्।

अछाममा १ हजार १७७, बैतडीमा ८५६, बझाङमा ४४९, डडेल्धुरामा ८०२, दार्चुलामा ६११, डोटीमा ७३८ र कञ्चनपुरमा ६८५ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: Jan 31, 2021| 14:11 आइतबार, माघ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।