शनिबार, असार २७, २०८३

करण केसीले गिराए क्रिस गेलको विकेट

टी–१० लिगअन्तर्गत आज (आइतबार) जारी खेलमा नेपाली मध्यम फास्ट बलर करण केसीले युनिभर्सल बोस क्रिस गेलेको विकेट गिराएका छन्।
 |  आइतबार, माघ १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ १८, २०७७

काठमाडौं- टी–१० लिगअन्तर्गत आज (आइतबार) जारी खेलमा नेपाली मध्यम फास्ट बलर करण केसीले युनिभर्सल बोस क्रिस गेलेको विकेट गिराएका छन्।

पुने डेभिल्सबाट चौथो ओभरमा बलिङ गर्न आएका केसीले उक्त ओभरको पहिलो बलमै गेलको विकेट गिराए।

यसकारण जवाफी ब्याटिङमा रहेको टिम अबुधाबीका क्रिस गेलले ८ बलमा ९ रन मात्र जोड्न सके।

बलर केसीले एक ओभर बलिङ गर्दै १८ रन प्रदान गरेका छन्।

जारी खेलमा टिम अबुधाबीले १३० रनको लक्ष्य पछ्याइरहेको छ।

क्रिस गेल सानो ओभरका क्रिकेटका लागि विस्फोटक ब्याट्स्मेन मानिन्छ। उनलाई टी–२० क्रिकेटको युनिभर्सल बोससमेत भन्ने गरिएको छ।

यो सिजनमा डेब्यू गरेका करणले पहिलो विकेट लिएका हुन्।

प्रकाशित: Jan 31, 2021| 14:00 आइतबार, माघ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।