शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मधेशी युवाले फेरि संघर्ष गर्नुपर्ने बेला आएको छ : जसपा अध्यक्ष ठाकुर

मधेशी युवाले फेरि संघर्ष गर्नुपर्ने बेला आएको छ : जसपा अध्यक्ष ठाकुर

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेशी युवाहरुले आफ्ना अधिकारका लागि एक पटक फेरि संघर्ष गर्नुको विकल्प नरहेको बताएका छन्।
 |  आइतबार, माघ १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ १८, २०७७

जनकपुरधाम- जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेशी युवाहरुले आफ्ना अधिकारका लागि एक पटक फेरि संघर्ष गर्नुको विकल्प नरहेको बताएका छन्।

मुलुकमा अधिकार खोस्ने खेल हुन सक्नेतर्फ इंगित गर्दै ठाकुरले फेरि संघर्षको तयारीमा लाग्न युवाहरुलाई आह्वान गरेका हुन्। 

जनता समाजवादी पार्टीको युवा समायोजन अन्तरक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले मधेशले मागेका अधिकांश अधिकारहरु अझै पूरा नभएको भन्दै अन्तिम धक्का दिन आवश्यक रहेको बताए। 

उनले भने ‘मधेश अधिकारका लागि लडेकाहरु अझै जेलमा छन्, कयौँ मधेशी प्रदेशसभा सदस्य, मन्त्री तथा नगर प्रमुखहरुमाथि मुद्दा कायमै छ, यसले मधेशी प्रतिको विभेद कायमै रहेको दर्शाउँछ।’

उनले अगाडि भने ‘यीनै विभेदहरु तथा बाँकी अधिकारहरुको सम्बोधनका लागि हामी लड्नु छ।’ यो लडाईको अगुवाई युवाहरुले नै गर्नुपर्ने अध्यक्ष ठाकुरले बताए। 

कार्यक्रममा जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले मधेशी जनतालाई एक होइन दुई प्रगितगमनविरुद्ध लड्नु पर्ने बताए। 

उनले देशमा नयाँ संविधान निर्माण गर्ने बेलामा पनि प्रतिगमन भएको भन्दै अहिले प्रधानमन्त्री ओलीले समेत प्रतिनिधिसभा विघटन गरेर प्रतिगमन गरेकाले दुई प्रतिगमनविरुद्ध लड्नु पर्ने बताए।

उनले भने ‘संविधान निर्माणको बेला मधेशी जनतामाथि गोली चलाइएको थियो त्यो महाप्रतिगमन थियो, अहिले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर प्रतिगमन गरेका छन्।’ उनले भने ‘हामीलाई लोकतन्त्रको रक्षाका साथै आफ्ना अधिकारहरुको संरक्षणका लागि लड्नु छ।’

नेता महतोले भने, ‘एक प्रतिगमन विरुद्धको लडाई प्रचण्डजी, माधवजीको हुन सक्छ तर हाम्रो लडाई दुई प्रतिगमन विरुद्धको हुनुपर्छ।’

प्रकाशित: Jan 31, 2021| 13:21 आइतबार, माघ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।