शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. साह

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. साह

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिसहित तीन जनाको नियुक्ति भएको छ।
 |  आइतबार, माघ १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ १८, २०७७

जनकपुरधाम- मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिसहित तीन जनाको नियुक्ति भएको छ।

प्रदेश २ सरकारले आइतबार मुख्यमन्त्री लालबाबु रावतको निवासमा बोलाएर तीनैजनालाई नियुक्ति पत्र दिएको छ।

मधेश विज्ञान प्रतिष्ठान सम्बन्धि बनेको विधेयक प्रदेशसभाबाट पारित गराई प्रदेश प्रमुखले प्रमाणिकरण गरेपछि उक्त प्रतिष्ठानमा आज नियुक्ति गरिएको हो।

प्रतिष्ठानको उपकुलपतिमा डा. रामकेवल साह, रेक्टरमा डा. अन्कुर साह र राजिष्ट्रारमा डा. विनोद यादव नियुक्त भएका छन्। प्रदेश सरकारका मुख्यमन्त्रीसहित हरेक मन्त्रीले हरेक नियुक्तिमा महिलालाई ५० प्रतिशन आरक्षण दिने भने पनि प्रतिष्ठानको नियुक्तिमा कुनै महिलालाई नियुक्त गरिएन।

उपकुलपतिमा नियुक्त भएका डा. रामकेवल साह अर्थोपेडिक हुन भने डा. अंकुर प्रध्यापक रहेका छन् र उनी दुईपटक नेपाल मेडिकल काउन्सीलका सदस्य समेत बनिसकेका छन्। डा. विनोद यादव टिचिङ अस्पतालका सहप्रध्यापक हुन्।
कार्यक्रममा मुख्यमन्त्री राउतले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रदेशको गौरवको योजना रहेको बताए।

प्रदेश सरकारको प्रतिष्ठालाई कायम राख्दै नियुक्त भएका तीनै जनाले राम्रो काम गर्नेमा आफू विश्वस्त रहेको मुख्यमन्त्री राउतले बताए। अहिले प्रतिष्ठानको लागि आवश्यक कुनै संरचना नरहेकोले यो ठूलो चुनौती रहेको रावतको भनाइ छ।

त्यस्तै नियुक्त भएका उपकुलपति डा. साहले चुनौतीको सामना गर्दै यस अवसरलाई सदुपयोग गर्ने बताए। उनले प्रदेश नं. २ स्वास्थ्यमा सबैभन्दा पछाडि रहेकोले सुधारको आवश्यकता रहेको र त्यसैका लागि प्रतिष्ठानको स्थापना भएको बताए।

यहाँका व्यक्ति अन्य ठाउँमा शिक्षा दिन जाने गरेकोले यसलाई शिक्षाको हवको रुपमा परिणत गर्ने बताए।

प्रकाशित: Jan 31, 2021| 13:03 आइतबार, माघ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।