धनगढी- नेपाल कम्युनिष्ट पार्टी नेकपाकाे दाहाल–नेपाल समूहको सुदूरपश्चिम प्रदेश अध्यक्षमा भानुभक्त जोशीलाई मनोनित गरिएको छ।
नेकपा विभाजन पूर्व प्रदेश अध्यक्ष रहेका कर्ण थापा नेकपा ओली समूहमा लागेपछि प्रदेश सह–इन्चार्ज जोशीलाई दाहाल–नेपाल समूहले अध्यक्षमा मनोनित गरेको हो।
सो समूहको स्थानीय कमिटीले प्रदेश अध्यक्षको जिम्मेवारी टुंगो लगाउन पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव नेपाललाई जिम्मेवारी दिएको थियो।
हिजो धनगढीमा आयोजित बृहत् जनसभाको अवसरमा अध्यक्षद्वय दाहाल र नेपालले जोशीलाई अध्यक्षको जिम्मेवारी दिएको प्रदेश सचिव नेपबहादुर चौधरीले बताए।