शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुदूरपश्चिम प्रदेशसभाको सातौं अधिवेशन माघ २६ गतेदेखि

सुदूरपश्चिम प्रदेशसभाको सातौं अधिवेशन माघ २६ गतेदेखि

सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन यही माघ २६ गतेदेखि सुरु हुने भएको छ। 
 |  आइतबार, माघ १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ १८, २०७७

धनगढी– सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन यही माघ २६ गतेदेखि सुरु हुने भएको छ। 

सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् बैठकले माघ २६ गते सातौं अधिवेशन आहृवान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो। 

मन्त्रिपरिषद्को बैठकले निर्णय गरेपछि प्रदेश प्रमुखले अधिवेशन आहृवान गर्ने संवैधानिक व्यवस्था छ। 

गत साउन ३१ गते प्रदेश सभाको छैटौं एवम् बजेट अधिवेशन अन्त्य भएको थियो। छैटौँ अधिवेशनसम्म प्रदेश सभामा दर्ता भएका ४४

विधेयकमध्ये ४२ विधेयक पारित भएका छन्। संविधानमा भएको व्यवस्था अनुसार एउटा अधिवेशनको समाप्ति र अर्को अधिवेशनको प्रारम्भका बीचको अवधि ६ महिनाभन्दा बढी हुन हुँदैन।

सो व्यवस्थाअनुसार सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन माघ महिनाभित्रै आह्वान गरिसक्नुपर्ने कानुनी बाध्यता थियो।

प्रकाशित: Jan 31, 2021| 12:24 आइतबार, माघ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।