शनिबार, असार २७, २०८३

महिला लिगमा पुलिससँग चन्द्रपुर स्तब्ध

जारी महिला लिग अन्तर्गत आज(आइतबार) सम्पन्न खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले चन्द्रपुर नगरपालिकालाई हराएको छ।
 |  आइतबार, माघ १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ १८, २०७७

काठमाडौं– जारी महिला लिग अन्तर्गत आज(आइतबार) सम्पन्न खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले चन्द्रपुर नगरपालिकालाई हराएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा चन्द्रपुर पुलिससँग ३–१ गोलले पराजित भएको हो।

नेपाल पुलिसको जितका लागि निरु थापा, निर्मला बिके र अनुश्का शेर्पाले समान १–१ गोल गरे। खेलको २७ औं मिनेटमा गोल गर्दै निर्मलाले विभागीय टिमलाई अग्रता दिलाएकी थिइन्। तर ३९ औं मिनेटमा गोल गर्दै चन्द्रपुरकी सावित्रा राना मगरले निर्मलाको अग्रता तोडिन्।

यससँगै पहिलो हाफको खेल बराबरी भयो। दोस्रो हाफको ५० औं मिनेटमा निरुले गोल गर्दै पुलिसलाई पुनः अग्रता दिलाइन्।

निरुलाई विस्थापन गर्दै ७४ औं मिनेटमा मैदान छिरेकी अनुश्काले अतिरिक्त समयमा गोल गर्दै पुलिसलाई ३–१ गोलको जित दिलाइन्।

३–१ गोलको जितसँगै पुलिस अंतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। उसले पाँच खेलबाट आठ अंक जोडेको छ।

समान पाँच खेलमा सहभागी भएको अर्को विभागीय टिम एपीएफ १५ अंकका साथ शीर्षस्थानमा छ। तेस्रो र चौथो स्थानमा रहेका त्रिभुवन आर्मी फुटबल क्लब र विराटनगरको समान ७–७ अंक छ।

प्रकाशित: Jan 31, 2021| 11:52 आइतबार, माघ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।