शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तीन जना बोकेको मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते

तीन जना बोकेको मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते

धनगढीमा तीन जना बोकेको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।
 |  आइतबार, माघ १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ १८, २०७७

धनगढी- धनगढीमा तीन जना बोकेको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।

धनगढी उप-महानगरपालिका–६, मटियारीमा सु प प्र ०१००९ प ९१७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सोही ठाउँका १८ वर्षीय रोहित रानाको मृत्यु भएको हो।

दुर्घटनामा सोही ठाउँका १९ वर्षीय कृष्ण राना र मोटरसाइकल चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ का १९ वर्षीय मिलेन्द्र राना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले बताए। 

रोहित रानाको उपचारको क्रममा मृत्यु भएको र घाइते दुई जनाको उपचार भइरहेको बिष्टले बताए।

प्रकाशित: Jan 31, 2021| 11:48 आइतबार, माघ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।