शनिबार, भदौ २०, २०८३

संवैधानिक परिषद्को सिफारिस सभामुखले फिर्ता पठाए

विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषदको बैठकले गरेको सिफारिस फिर्ता गरेका छन्। 
 |  आइतबार, माघ १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ १८, २०७७

काठमाडौं– विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषदको बैठकले गरेको सिफारिस फिर्ता गरेका छन्। 

संसदीय सुनुवाइ हुन नसक्ने भएकाले सिफारिस फिर्ता पठाएको उनले बताएका छन्। संसदीय समितिहरूको कार्य सञ्चालन गर्ने अधिकार आफूमा भएको तर संसदीय सुनुवाइ हुन नसक्ने भएकाले संवैधानिक परिषदले विभिन्न आयोगमा गरेको पदाधिकारी सिफारिस सक्कलै प्रति फिर्ता पठाएको उनको भनाइ छ।

संवैधानिक परिषदलाई पत्र लेख्दै सापकोटाले भनेका छन्, ‘संवैधानिक तथा कानुनी आधार, कारण र अवस्थालाई मध्यनजगर गर्दै संवैधानिक परिषदबाट सिफारिस भएका पदहरूमा उल्लेख गरेअनुरूप संसदीय सुनुवाइ हुन नसक्ने अवस्था छ। परिषदबाट प्राप्त भएको पत्र सक्कलै प्रति फिर्ता पठाइएको छ,’ पत्रमा भनिएको छ।

प्रकाशित: Jan 31, 2021| 10:45 आइतबार, माघ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।