सुर्खेत- कर्णाली प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ। आइतबार दैलेखका एकजनाको मृत्यु भएपछि प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ३० पुगेको हो।
यसअघि सुर्खेतका १६ जना, दैलेखका ६ जना, सल्यान, रुकुमपश्चिम, कालिकोट र डोल्पाका एक÷एक जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए।
आइतबार कोरोनाबाट दैलेखका ६४ वर्षीय एक पुरुषको मृत्यु भएको छ। कोरोना संक्रमणबाट गुराँस गाउँपालिका –५ का ६४ वर्षीय पुरुषको मृत्यु भएको हो।
उनको आज साढे ११ बजेतिर कोरोना विशेष अस्पताल (प्रदेश अस्पताल) सुर्खेतको मृत्यु भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ। माघ ७ गते संक्रमण पुष्टि भएका उनी लामो समयदेखि उच्च रक्तचापको बाट ग्रसित थिए।