काठमाडौं– नेपाली कांग्रेसका १३ वटा भ्रातृ संस्थाले संसद् विघटनको विरोधमा सोमबार हुने देशव्यापी प्रदर्शनका सहभागी हुन अपिल गरेका छन्।
उनीहरुले आइतबार संयुक्त रूपमा जारी गरिएको अपिलमा १९ गते हुने प्रदर्शनमा सहभागी बन्न देशभरका सबै सदस्य, समर्थक, शुभचिन्तक एवं समस्त जनसमुदायलाई आग्रह गरिएको छ।
सोमबार १३ वटै भातृ संस्थाहरूको संयुक्त आयोजनामा ७७ जिल्लामै एकसाथ प्रदर्शनको तयारी गरिएको छ।
संसद् विघटनमार्फत सर्वसत्तावाद उन्मुख ओली सरकार चरम भ्रष्टाचार, कुशासन, कोभिडविरुद्धको संघर्षमा अकर्मण्य र जनसरोकारका विषयमा उदासीनता रहेको आरोप कांग्रेस भ्रातृ संस्थाहरुको छ।
