शनिबार, असार २७, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • धुर्मुस–सुन्तलीको रंगशालालाई खर्च जुटाउन क्रिकेटर र कलाकार खेल्ने

धुर्मुस–सुन्तलीको रंगशालालाई खर्च जुटाउन क्रिकेटर र कलाकार खेल्ने

चितवनमा निर्माणाधीन रंगशाला निर्माणको लागि मैत्रीपूर्ण प्रतियोगिता हुने भएको छ।
 |  आइतबार, माघ १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ १८, २०७७

काठमाडौं– चितवनमा निर्माणाधीन रंगशाला निर्माणको लागि मैत्रीपूर्ण प्रतियोगिता हुने भएको छ। रकम अभावका कारण काम रोकिने अवस्था आएपछि खेलाडी र कलाकारबीच मैत्रीपूर्ण खेल हुने भएको हो।

खेलको आयोजना गृष्मा ब्रोडकास्टिङले गर्ने भएको छ। प्रतियोगिताको बारेमा गायक प्रमोद खरेलले सामाजिक सञ्जालमा जानकारी दिएका छन्। उनी धनगढी प्रिमियर लिग (डीपीएल)का सद्भावना दूत पनि हुन्।

प्रतियोगिता यही माघ २४ गते हुन लागेको हो। निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाको नमुना मैदानमा यसअघि नै तीन टिम सम्मिलित एक प्रतियोगिता सम्पन्न भएको छ। त्यस्तै, समय–समयमा खेलाडी र कलाकारबीच च्यारिटी म्याच हुँदै आएको छ।
 

प्रकाशित: Jan 31, 2021| 07:49 आइतबार, माघ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।