शनिबार, भदौ २०, २०८३

माघ २१ सम्म गर्ने भनेको धर्ना आजै समापन

प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाको दाहाल–नेपाल समूहले माइतीघरमा सुरु गरेको धर्ना कार्यक्रम समापन गरेको छ।
 |  आइतबार, माघ १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ १८, २०७७

काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाको दाहाल–नेपाल समूहले माइतीघरमा सुरु गरेको धर्ना कार्यक्रम समापन गरेको छ।

दुई अध्यक्षसहितको सहभागितामा आज धर्ना कार्यक्रम समापन गरिएको हो। यसअघि पूर्व निर्धारित कार्यक्रम अन्तर्गत माघ २१ गतेसम्म माइतीघरमा विघटित प्रतिनिधिसभाका सांसद लगायतले धर्ना दिने कार्यक्रम थियो।

स्थायी कमिटी सदस्य एवम् केन्द्रीय संघर्ष समितिका सदस्य पम्फा भुसालले धर्ना कार्यक्रम आजदेखि नै समापन गरिएको घोषणा गरिन्।

‘हामीले माघ २१ गतेसम्म नै धर्ना दिने कार्यक्रम घोषणा गरेका थियौं,’उनले भनिन्,‘आन्दोलनका थप कार्यक्रम र बाग्मती प्रदेशमा अधिवेशन शुरु हुन लागेकाले साथीहरु विभिन्न स्थानमा जानुपर्ने भएकाले समापन गरिएको हो।’

उनले केपी शर्मा ओलीले माघ २३ गते गर्ने भनिएको जनसभा पञ्चेहरुको जनसभा भएको टिप्पणी गरिन्।

प्रकाशित: Jan 31, 2021| 07:18 आइतबार, माघ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।