शनिबार, भदौ २०, २०८३

दाहाल–नेपालसहित नेकपा नेताहरु धर्नामा

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल माइतीघरस्थित मण्डलामा धर्ना बसेका छन्।
 |  आइतबार, माघ १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ १८, २०७७

काठमाडौं– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल माइतीघरस्थित मण्डलामा धर्ना बसेका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिभिसभा विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको विरोधमा नेकपाको दाहाल–नेपाल समूह आन्दोलित छ। त्यसै क्रममा उनीहरु धर्ना बसेका हुन्।

धर्नामा नेकपाका अन्य नेताहरु अष्टलक्ष्मी शाक्य, नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल लगायत पनि सहभागी छन्। 

१२ बजे बसेका उनीहरु दुई बजेसम्म सडकमा बस्ने कार्यक्रम छ। तेस्रो चरणअन्तर्गत माघ २१ सम्म धर्ना दिने नेकपाको कार्यक्रम छ। 

प्रतिनिसभा विघटनपछि सत्तारुढ दल नेकपा विभाजित बनेको छ। 

प्रकाशित: Jan 31, 2021| 06:42 आइतबार, माघ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।