शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तल्लो अरुण जलविद्युत् परियोजना निर्माणकाे जिम्मेवारी भारतीय कम्पनीलाई

तल्लो अरुण जलविद्युत् परियोजना निर्माणकाे जिम्मेवारी भारतीय कम्पनीलाई

सरकारले तल्लो अरुण जलविद्युत् परियोजना निर्माणको जिम्मेवारी भारतीय कम्पनी एसजेभीएन लिमिटेडलाई दिएको छ।
 |  आइतबार, माघ १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ १८, २०७७

काठमाडौं - सरकारले तल्लो अरुण जलविद्युत् परियोजना निर्माणको जिम्मेवारी भारतीय कम्पनी एसजेभीएन लिमिटेडलाई दिएको छ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको लगानी बोर्डको बैठकले तल्लो अरुण जलविद्युत् परियोजना निर्माणको जिम्मेवारी भारतको उक्त कम्पनीलाई दिएको हो।

सार्वजनिक-निजी साझेदारी अवधारणाअन्तर्गत बिल्ड अन, अपरेट एण्ड ट्रान्सफर (बूट) मोडेलमा विकास गर्न अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका आधारमा सूचीकृत भएका कम्पनीहरूको मूल्यांकन गरी भारतीय कम्पनीलाई दिने निर्णय गरेको लगानी बोर्डका प्रवक्ता धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए।

कुल ६७९ मेगावाट उत्पादन क्षमता रहेको उक्त परियोजना प्रदेश नम्बर १ को संखुवासभा र भोजपुर जिल्लामा अवस्थित छ।

२०७५ चैतमा काठमाडौंमा सम्पन्न लगानी सम्मेलनको अवसरमा सरकारले उक्त परियोजना लगानीकर्ताहरूसमक्ष प्रस्तुत गरेको थियो।

प्रकाशित: Jan 31, 2021| 06:38 आइतबार, माघ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।